माझखर्कमा पहिरोको वितण्डा, घर गोठमा क्षति
बाग्लुङ | असार १५, २०७९
बागलुङः अविरल वर्षाका कारण बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कस्थित दन्ठुमा पहिरोले एक घर र गोठमा क्षति पुर्याएको छ । मंगलबार राति बेलुका करिब साढे ८ बजेको समयमा पहिरो जाँदा स्थानीय राम बहादुुर क्षेत्रीकोे घर र गोठमा क्षति पुर्याएको हो ।
घर माथिदेखि बारी भत्काउदै आएको पहिरोले घर र गोठमा पूर्ण क्षति पुर्याएको छ, ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकली रोका पुनले सुनगाभा न्यूजसँग भनिन्, ‘घर पूर्णरुपमा क्षति भएपछि अहिले क्षेत्रीको परिवार टोप बहादुर दर्जीको घरमा आश्रय लिएर बसेका छन् ।’
उनले पहिरोमा पुरिएको घरका अधिकांश समाग्रीहरु झिक्न नसकेको जानकारी दिइन् । ‘घरगोठमा क्षति पुर्याएपछि मोबाइलसहित विभिन्न अत्वाश्यक सामानहरु समेत पहिरोमा परेको छ, सदस्य पुनले भनिन्, ‘त्यै पहिरोको कारण स्थानीय चित्र बहादुर क्षेत्रीको घर समेत जोखिमा परेको छ ।’ अझै पानी थप पर्दै गयो भने तलका बस्तीलाई जोखिम हुने देखिएको छ ।’
वर्षाका कारण अमरभुमी स्वास्थ्य चौकीको पुरानो भवनमा समेत पहिरोको जोखिममा परेको उनले बताइन् ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

